प्राइमको अध्यक्षमा उदयमोहन श्रेष्ठ




काठमाडौं । प्राइम बैंकको संचालक समितिको अध्यक्ष उदयमोहन श्रेष्ठ चयन भएका छन् । सांसद् समेत रहेका बैंकका अध्यक्ष उमेश श्रेष्ठले अध्यक्ष तथा संचालक पदबाट राजिनामा गरेपछि बैंकले उदयमोहन श्रेष्ठलाई अध्यक्षमा चुनेको हो ।

हालै व्यवस्थापिका संसद्बाट पारित भएको बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन (बाफिया) मा संबैधानिक पद धारण गरेका व्यक्तिलाई बैंक तथा वित्तीय संस्थामा संचालक बन्न रोक लगाएको छ ।

बाफिया संसद्ले पास गरेपछि सांसद् भएको कारण राजिनामा दिने उमेश श्रेष्ठ पहिलो भएको छन् । आधा दर्जन बैंक तथा वित्तीय संस्थामा सांसद् रहेका व्यक्ति संचालक तथा अध्यक्ष रहेका छन् । यस्तै बैंकले रिक्त संचालकमा डा विश्व केशर मास्केलाई नियुक्त गरेको बैंकले जानकारी दिएको छ ।


क्लिकमान्डु