तपाँइले किनेको रिचार्ज कार्डले काम नगर्न सक्छ, २० हजार थान कार्ड हराएको भन्दै टेलिकमले निकाल्यो सुचना!!



काठमाडौं । नेपाल टेलिकमले २० हजार थान रिचार्जकाड हराएको सुचना प्रकाशन गरेको छ । यसरी हराएका सबै कार्डहरु १ सय रुपैयाँ दरका रहेका छन् ।

रिचार्ज कार्ड आयातका क्रममा हराएको टेलिकमले प्रकाशन गरेको सुचनामा उल्लेख छ ।
हराएका एनटी रिचार्ज कार्ड सिरियल नम्वर १११६१०००८१६००००१ देखि १११६१०००८१६२०००० सम्मको हो ।


ति सिरियल नम्बर अंकीत रिचार्ज कार्ड खरिद विक्री नगर्न टेलिकमले सर्बसाधारणमा आह्वान गरेको छ । यसबाट ग्राहकबर्गमा समस्या पर्न सक्ने भएकाले टेलिकमले सचेत रहन भनेको छ ।

तर नेपाली समाजमा यसबारेमा चेतना जगाउन निकै कठिन हुन सक्छ । सबै ग्राहक सिरियल नम्बर हेर्न सक्ने खालका छैनन् ।


क्लिकमान्डु