नेप्सेका सबै सुचाङ्क रातो, ५१ करोडको कारोबार




काठमाडौं । साताको अन्तिम दिन पनि नेप्से परिसुचक ओराले लाग्ने क्रममा कमि आएको छैन । कारोबार बन्द हुँदा नेप्से परिसुचक २१.४७ अंकले घटेर १३७५.१४ अंकमा नेप्से परिसुचक अडेको हो ।

आज १ सय ३७ कम्पनीका १० लाख ५२ हजार कित्ता सेयर किनबेच भएको छ । बजारमा ५१ करोड ९२ लाख ६० हजार २ सय ८८ रुपैयाँ मुल्य बराबरको सेयर कारोबार भएको हो ।

बजारमा सबै समूहको परिसूचकमा रातो छाएको छ । बीमा समूह १०१.५, होटल समूह ५.५५ र जलविद्युत् समूह ३.३२, बैंकिङ समूह २३.३४, विकास बैंक १८.३१, वित्तय समूह ९.०८ र अन्य समूह १२.७२ अंकले घटेको हो ।

तारागोन रिजेन्सी होटल, एनआइवी समृद्धि फन्ड र वेस्र्टन डेभलपमेन्ट बैंकको क्रमस ८.५०, ७.७१ र ५.३८ प्रतिशतले वृद्धि भएको छ ।

एनएमबी प्रमोटर सेयर, सिर्नजी फाइनान्स र कृषि विकास बैंक क्रमस १०.२५, ८.२१ र ६.१२ प्रतिशतले ह्रास आएको हो ।

 


क्लिकमान्डु