पेमेन्ट गेटवे इसेवा आठौँ वर्षमा प्रवेश, इसेवाको सेवा लिने ५० लाख बढी



काठमाडौं । पेमेन्ट गेटवे कम्पनी इसेवा फोन पे प्रा.लि. आठौँ वर्षमा प्रवेश गरेको छ । कम्पनीले वार्षिकोत्सव विभिन्न कार्यक्रमका साथ मनाएको छ ।

आठौँ वर्ष प्रवेशको उपलक्षमा रक्तदान लगायतका विभिन्न कार्यक्रम आयोजना गरेको छ । इसेवाको केन्द्रिय कार्यालय हात्तीसारमा आयोजित रक्तदान कार्यक्रममा इसेवाका करिब सय जना कर्मचारीले रक्तदान गरे । यस्तै वर्षभरिमा उत्कृष्ट कार्य गर्ने विभिन्न विभागका कर्मचारीलाई पुरस्कृत समेत गरिएको कम्पनीले जानकारी दिएको छ ।

आठौँ वर्ष प्रवेश गरेको उपलक्षमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत अस्गर अलीले भने, ‘विश्वमा क्यासलेस ट्रान्जेक्सन बढिरहेका बेला नेपालमा पनि यसले गति लिइरहेको छ । नोटको प्रयोग घटाउने सरकारको नीतिलाई सफल बनाउने र मोबाईल वित्तिय सेवालाई नेपालका दुर्गम क्षेत्रसम्म पुर्याउने अभियानमा सहयोग पुर्याउन पाउँदा हामी गौरवान्वित बनेका छौँ ।’

आठ वर्षको अवधिमा इसेवाबाट प्रत्यक्ष–अप्रत्यक्ष रुपमा ५० लाख बढिले सेवा लिइरहेको कम्पनीले जानकारी दिएको छ । मोबाईल तथा इन्टरनेटबाट भुक्तानी तथा रकम आदान प्रदान गर्न सकिने सेवा दिइरहेको इसेवाका देशभर २० हजार भन्दा बढि एजेन्ट रहेको तथा इसेवाको मोबाईल एप्स् प्रयोग गर्नेको संख्या एक लाख ५० हजार नाघेको बतार्ईएको छ । इसेवा एकाउन्ट खोलेर कारोबार गर्नेको संख्या ७ लाख बढि रहेको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु