इनफोकस इपिक वान स्मार्टफोन बजारमा



काठमाडौं। अमेरिकी ब्राण्ड इनफोकसकाे नयाँ माेडल बजारमा अाएकाे छ । प्रिज्म टेक्नोलोजिजले बजारमा इनफोकस इपिक वान स्मार्टफोन ल्याएको हाे ।

इनफोकसका स्मार्टफोन तथा मोबाइल विगत तीन महिनादेखि नेपाली बजारमा उपलब्ध भइरहेको कम्पनीले जनाएको छ ।

इनफोकस इपिक वान स्मार्टफोनले अन्तराष्ट्रिय बजारमा राम्रो सफलता प्राप्त गरेको भन्दै कम्पनीले यसमा आकर्षक डिजाइन र उत्कृष्ट विशेषता रहेको बताएको छ । कम्पनीले एम ८०८ आइ, एम ६८०, बिन्गो २०, एम ३७० आई लगायत मोडलले बजारमा राम्रो सफलता पाइरहेको पनि जनाएको छ ।

डेका-कोर प्रोसेसर भएको पहिलो स्मार्टफोन इनफोकस इपिक वान अत्यन्तै फास्ट हुनुका साथै ३० प्रतिशत ब्याट्री पावर सुरक्षित गर्ने पनि कम्पनीको दाबी छ । याे स्मार्टफाेनमा ५.५ इन्चको एलटिपिएस फुल एचडी गोरिल्ला ग्लास छ भने सेल्फी एक्स्पर्ट स्मार्टफोन भएका हुँदा यसमा ८ मेगापिक्सलको फ्रन्ट क्यामेरा रहेको राखिएको छ ।

फोरजी नेटवर्क सपोर्ट गर्ने उक्त सेटको बजार मूल्य ३१ हजार ९ सय ९० रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु