माघ १५ गतेबाट हेटौडा कुलेखानी दोस्रो स्युचाटार १३२ केभी प्रशारण लाइन सञ्चालनमा आउने



काठमाडौं । नेपाल बिद्युत् प्राधिकरणले सर्बसाधारणको लागि सार्वजानीक सुचना प्रकाशित गरेर माघ १५ गतेबाट हेटौडा कुलेखानी दोस्रो स्युचाटार १३२ केभी प्रशारण लाइन सञ्चालनमा आउने जानकारी गराएको छ ।

आयोजनाले शनिवारबाट माथातिर्थ, सतुङगल, नैकाप हुँदै स्युचाटारसम्म रहेको प्रशारण लाइनमा १ लाख ३२ हजार भोल्ट क्षमताको बिद्युत् प्रबाह परिक्षण गरि सञ्चालनमा ल्याउने जनाएको हो ।

यस अबधीमा उक्त प्रसारण लाइन क्षेत्रका सर्बसाधारणले साबधानी अपनाउन प्राधिकरणले सुचित गराएको हो । उसले टावरको वरपर नजान, खतराको संकेत भएका बस्तुहरु नजिक नजान र टावरमा नछुन सुचित गराएको छ ।

मानिसको साथै पशुपंक्षीलाई समेत ति स्थानको नजिक जान नदिन सर्बसाधरणलाई प्राधिकरणले आग्रह गरेको छ ।


क्लिकमान्डु