गरिमाको नाफा दोब्बर, ब्याज आम्दानी ३४ करोड



काठमाडौं। गरिमा विकास बैंकले आफ्नो नाफा दोब्बर बढाएको वित्तीय विवरण प्रकाशित गरेको छ । गरिमाले पुस मसान्तसम्ममा १५ करोड ९५ लाख रुपैयाँ नाफा गरेको छ । अघिल्लो वर्ष गरिमाको नाफा ८ करोड ९० लाख थियो ।

दोब्बरले नाफा बढाउदा गरिमाले ब्याज आम्दानी मार्फत ३४ करोड कमाएको छ । पुस मसान्तसम्ममा १३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको बैंकले ११ अर्ब रुपैयाँ कर्जा दिएको छ । बैंकको चुक्ता पुँजी १ अर्ब छ ।


क्लिकमान्डु