मर्जरमा जान लागेका ओम र मनास्लुको नाफामा छलाङ



काठमाडौंः मर्जरमा जान लागेका ओम डेभलपमेन्ट बैंक र मनास्लु विकास बैंकले नाफामा छलाङ मारेका छन् ।

गतवर्ष पुस मसान्तमा ६ करोड ३९ लाख रुपैयाँ नाफा गरेको ओमले यो वर्षको पुस मसान्तमा नाफा शतप्रतिशत बढाउदै १९ करोड रुपैयाँ मुनाफा गरेको हो ।

यस्तै ओमसँग मर्जरमा जाने निर्णय गरेको मनास्लु विकास बैंकले ३ करोड रुपैयाँ नाफा गरेको हो । अघिल्लो वर्ष मनास्लुको नाफा १ करोड ६३ लाख रुपैयाँ थियो ।

शतप्रतिशत भन्दा बढी रकमले नाफा बढाउदा ओमले ब्याज आम्दानी मार्फत ३५ करोड रुपैयाँ ब्याज आम्दानी गरेको छ । जबकी अघिल्लो वर्षको पुस मसान्तमा बैंकले ब्याज आम्दानी १२ करोड ८५ लाख रुपैयाँ गरेको थियो ।

नाफामा गरेको बृद्धिको कारण बैंकको रिर्टन अन इक्युटी(आरओइ)पनि अघिल्लो वर्षको भन्दा बढेको छ । अघिल्लो वर्ष १८.२८ प्रतिशत रहेको आरओई यो वर्ष बढेर २३.३८ प्रतिशत पुगेको छ ।

मर्जरमा जान लागेका दुई संस्थाको वित्तीय विवरणले बैंकले मर्जरपछि पनि राम्रो उपलब्धी हासिल गर्ने देखिन्छ ।


क्लिकमान्डु