एक अर्ब ब्याज आम्दानी गर्दा सानिमाको नाफा ५५ प्रतिशत बढ्यो



काठमाडौं । सानिमा बैंकले आफ्नो नाफामा ५५ प्रतिशतले बढाएको छ । अघिल्लो वर्षको पुसमा ४० करोड नाफा गरेको बैंकले यो वर्षको पुस मसान्तमा ६२ करोड २५ लाख रुपैयाँ नाफा कमाएको हो ।

बैंकले ब्याज आम्दानी मार्फत १ अर्ब कमाएको छ । यस्तै बैदेशिक मुद्राको कारोवारबाट ९ करोड तथा अन्य आम्दानी बापत १६ करोड कमाएको छ । बैंकले सम्भावित नोक्सानी व्यवस्थाका लागि ९ करोड छुट्टएको छ । अघिल्लो वर्ष नउठेको २ करोड रुपैयाँ उठेको छ ।

५ अर्ब ३० करोड चुक्ता पुँजी रहेको बैंकले पुससम्ममा ५० अर्ब निक्षेप संकलन गरेको छ भने कर्जा प्रवाह ४६ अर्ब ९२ करोड रुपैयाँ रहेको छ । एक वर्षको अवधीमा बैंकले निक्षेप ११ अर्ब रुपैयाँले बढाएको छ भने कर्जा १३ अर्ब रुपैयाँले बढाएको छ । बैंकको एनपीएल ०.१ प्रतिशत छ । यसले बैंकमा खराब कर्जाको हिस्सा नभएकोे देखाउँछ । बैंकको कर्जा निक्षेप अनुपात ७८.६२ प्रतिशत छ ।


क्लिकमान्डु