सहकारीको प्रवद्र्धन विना मुलुकको विकास असम्भवः मन्त्री थानी




काठमाडौं । सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले सहकारी क्षेत्रको प्रवद्र्धन विना मुलुकको विकास असम्भव रहेको बताएका छन् ।

राजधानीमा सोमबारबाट सुरु भएको ‘सहकारी व्यवसायको प्रवद्र्धन’ बिषयक गोष्ठीको उद्घाटन गदैं मन्त्री थानीले नेपालको संविधानले नै सहकारीलाई तीन खम्बे अर्थनीतिको एक प्रमुख खम्बाको रुपमा लिइसकेको बताउ“दै सही रुपमा प्रवद्र्धन गर्न जरुरी रहेको जिकिर गरे ।

सहकारी ऐन संसद बिचाराधिन रहेको स्मरण गदैं मन्त्री थानीले यस क्षेत्रमा रहेका समस्यालाई आउ“दै गरेको ऐनले सम्बोधन गर्ने उल्लेख गरे ।

‘सहकारी क्षेत्रलाई मर्यादित र व्यवस्थित गराउन सहकारी ऐन ल्याउदैंछौं, यसले धेरै समस्या हल गर्नेछ,’ मन्त्री थानीले भने ।

सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न आफू र आफ्नो मन्त्रालय सदैव तयार रहेको बताउ“दै सहकारी क्षेत्रको प्रवद्र्धनका निम्ति मन्त्रालय पूर्ण प्रतिवद्ध रहेको उनको भनाइ छ । सहकारीमैत्री नै ऐन आउने भन्दै मन्त्री थानीले ब्यक्तिको आवश्यकताको आधारमा दफा परिर्वतन सम्भब नभएको बताए ।

कार्यक्रममा मन्त्रालयका संचिव मोहनकृष्ण सापकोटाले सहकारी आन्दोलन अन्तिम चरणमा पुगेको बताउ“दै सहकारीलाई व्यवस्थित गर्न सरोकावालाबीच एकरुपताको खा“चो रहेको बताए । उनले रेमिट्यान्स सदुपयोग नभएको बताउ“दै सहकारीको माध्यमबाट रेमिट्यान्सलाई उत्पादनशील क्षेत्रमा लगाउनुपर्नेमा जोड दिए ।

‘धेरै पैसा अनुत्पादक क्षेत्रमा खर्च भैइरहेको छ, यसलाई सहकारीको माध्यमबाट उत्पादनशील क्षेत्रमा लगाउन आवश्यक छ,’ सचिब सापकोटाले भने ।

राष्ट्रिय सहकारी संघका अध्यक्ष केशव बडालले सहकारीको गतिशीलतालाई राज्यले अझैपनि बुझ्न नसकेको बताए । ‘सहकारीको गतिशीलतालाई राज्यले अझै बुझ्न सकेको छैन्, यसले गर्दा उत्पादन प्रणालीमा जान कठिनाई भएको छ,’ अध्यक्ष बडालले भने ।

कार्यक्रममा केन्द्रीय स्वाथ्य सहकारी संघका अध्यक्ष राजेन्द्र पाण्डेले सहकारी मापदण्डलाई फरकिलो बनाउन जरुरी रहेको बताए । सहकारीले अझै पनि वैदेशिक ऋण लिन सक्ने अवस्था नरहेको बताउ“दै पाण्डेले यसका निम्ति सरकारले पहल गर्नुपर्ने उल्लेख गरे ।

राष्ट्रिय सहकारी संघका उपाध्यक्ष ओमदेवी मल्लले सहकारी आन्दोलनबाट प्राप्त उपलव्धिलाई संस्थागत गर्न जरुरी रहेको बताइन् । राष्ट्रिय सहकारी बोर्डका सह–अध्यक्ष सरोजकुमार शर्माले नियमनकारी निकाय र सहकारी विचको समन्वयमा सहकारीमा रहेको अबौं रुपैयाँ परिचालन गर्न जरुरी रहेको बताए ।

विभागको आयोजना गरेको दुई दिने गोष्ठीमा सोमबार विभागका रजिष्टार केशवप्रसाद रेग्मीले कार्यपत्र प्रस्तुत गरे । कार्यपत्र प्रस्तुत गदैं रेग्मीले दर्शन र सिद्धान्तलाई आधार मानेर सहकारी क्षेत्रको प्रवद्र्धन गर्नुपर्नेमा जोड दिए ।

गोष्ठीमा राष्ट्रिय सहकारी संघ, विषयगत केन्द्रीय संघ, राष्ट्रिय सहकारी बैंक लगायतले आ–आफ्ना कार्यपत्र प्रस्तुत गरेका छन् ।
कार्यपत्र प्रस्तुत गदैं उनीहरुले सहकारी क्षेत्रमा देखिएको समस्या अझै पनि हल नभएको बताउ“दै चुनौतीपूर्ण अवस्थामा पनि आफूहरुले आफ्ना कार्यक्रमलाई प्रभावकारी रुपमा अघि बढाइरहेको बताए ।


क्लिकमान्डु