नोकियाको जोडदार पुनरागमन, चीनमा १ मिनेटमा नै १ लाख ‘नोकिया ६’ बिक्यो, अब युरोप जाने




काठमाडौं । एक दशक अगाडीसम्म मोबाइल बजारमा एकछत्र राज गरेको मोबाइल कम्पनी नोकियाले बजारमा जोडदार पुनारागमन गरेको छ ।
आइतबार चीनमा नोकियाको नयाँ मोबाइल ‘नोकिया ६’ स्र्माट फोन लन्च गरिएको थियो ।

मोबाइल लन्च गरिएको १ मिनेटमा भित्रमा सम्पुर्ण फोन बिक्री भएको हो ।

नोकियाले स्मार्ट फोन बिक्रीका लागि चीनको ब्यापारिक वेबसाइट (जेडीडटकम) मा राखेको थियो ।

‘नोकिया ६’ को मुल्य कम्पनीले १६९९ चीनीयाँ युआन अर्थात लगभग २७ हजार रुपैयाँ नेपाली राखेकोे थियो ।

कम्पनीका अनुसार १४ जनवरीसम्म १० लाख मानिसले अग्रिम बुकिङ गरेका थिए । पहिलो लटमा अनलाईन बिक्रीका लागि राखिएको १ लाख सेट १ मिनेटमा नै बिकेको हो ।

‘नोकिया ६’ को विशेषता
५ दशमलव ५ इन्च फुल एचडी डिस्प्ले रहेको यस मोवाइलमा २.५ डी गोरिल्ला ग्लासको प्रयोग भएको छ । फुल मेटल बड्डी आएको यो मोवाइलमा स्न्याप ड्रयागोन ४३० र ४ जीबी र्याम, ६४ जीबी इन्र्टनल स्टोरेज रहेको छ ।

३ हजार एमएएच पावरको नन् रिमुभएवल ब्याट्री रहेको छ ।

१६ मेगापिक्सल रियर क्यामरा र ८ मेगापिक्सल फ्रन्ट क्यामरा जडान गरिएको छ ।

हालका लागि ‘नोकिया ६’ चाइनामा मात्र विक्री सुरु गरिएको हो । कम्पनीले ‘नोकिया ६’ लाई चाँडै युरोपमा पनि लाने लक्ष्य राखेको जनाएको छ ।


क्लिकमान्डु