ब्याज आम्दानी ७२ करोड गर्दा एनबीको नाफा ५४ करोड




काठमाडौंः ब्याज आम्दानीबाट ७२ करोड रुपैयाँ कमाउँदा नेपाल बंगलादेश(एनबी) बैंकले ५४ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले प्रकाशित गरेका वित्तीय विवरण विवरण अनुसार पुस मसान्तसम्ममा बैंकले अघिल्लो वर्षभन्दा नाफामा १८ करोड रुपैयाँले बढाएको हो ।

बैंकले अघिल्लो वर्ष नउठेको ६ करोड ९० लाख रुपैयाँ ऋण उठाएको छ यो पटक १४ करोड ५९ लाख रुपैयाँ ऋण उठेको भन्दै सम्भावित नोक्सानी व्यवस्थाका लागि छुट्टएको छ । ४ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको छ बैंकले पुस मसान्त्सम्ममा ४१ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ भने कर्जा प्रवाह ३६ अर्ब रुपैयाँ गरेको छ ।

बैंकको कर्जा निक्षेप अनुपात अघिल्लो वर्षको तुलनामा बढेर ७८.१९ प्रतिशत पुगेको छ । यसले बैंकमा अहिले कर्जा प्रवाह गर्न समस्या भएको देखाउँछ ।


क्लिकमान्डु