आस्वा प्रणाली अन्तर्गत फरवार्डको आइपिओ आजदेखि



काठमाडौं। फरवार्ड कम्युनिटी माइक्रोफाइनान्सले आजदेखि सर्वसाधारणको लागि आस्वा प्रणाली अन्तर्गत ६ लाख कित्ता साधारण सेयर जारी गर्दै छ । धितोपत्र बोर्डले आस्वा प्रणाली लागु गरेपछि पहिलो पटक फरवार्डको सेयर आस्वा प्रणाली मार्फत लागु हुँदैछ । सेयर भर्दा यो प्रणाली अनिवार्य भने छैन ।

न्यूनतम ५० कित्ता र बढीमा ३ हजार कित्ता आवेदन फरवार्डमा गर्न सकिने छ । सेयरको निष्कासन तथा बिक्री प्रवन्धकका रुपमा नबिल इन्भेष्टमेन्ट रहेको छ । क्रेडिट रेटिङ ४ प्लस पाएको फरवार्डको सेयर बिक्री बन्द छिटोमा माघ १२ ढिलोमा माघ २३ मा हुने छ । आस्वा प्रणाली मार्फत जारी हुने आइपियोमा सेयर भर्न लागेको रकम सेयरधनीको बैंक खातामा रोक्का हुने छ । सेयर बाँडफाँडपछि परेको रकम काटेर बाँकी रकम खातामै हुने छ ।

फरवार्डको आइपिओ देखि काठमाडौं बाहिरपनि डिम्याट अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ । नबिल इन्भेष्टमेन्टको कार्यालय नक्साल,फरवार्डको शाखा,एभरेष्टको बानेश्वर लगायतका शाखामा सेयर भर्न सकिने व्यवस्था छ ।


क्लिकमान्डु