शिवरात्रीदेखि सर्वसाधारणलाई सैनिक अस्पतालमा बहिरंग सेवा



काठमाडौं । नेपाली सेनाको विरेन्द्र अस्पतालले आगामी महाशिवरात्रीको दिनदेखि सर्वसाधारणलाई बहिरंग सेवा उपलब्ध गराउने भएको छ । सेवा फाल्गुन १३ देखि उपलब्ध हुने छ ।

स्वास्थ्य मन्त्रालय र नेपाली सेनाबीच भएको सहमती अनुसार महाशिवरात्रीको दिनदेखि ३:३० देखि ५ बजेसम्म विरेन्द्र अस्पतालबाट सर्वसाधारणले बहिरंग सेवा लिन सक्नेछन् ।

यस्तै काठमाडौं बाहिरका २४ स्थानमा भएका डाक्टरबाट सर्वसाधारणलाई सेनाले बहिरंग सेवा उपलब्ध गराउने सहमती भएको छ ।

स्वास्थ्य मन्त्रालय र सेनाबीच भएको सहमती अनुसार विरेन्द्र अस्पतालको विशिष्ठ कक्षमा अतिबिशिष्ठ व्यक्तिको उपचारको लागि सहयोग गर्ने छ । विशेषज्ञ सेवा नपुगेका स्थानमा सर्जिकल सहितको सुविधा पुर्‍याउनको लागि मोबाइल अस्पताल प्रयोग गरिने छ ।


क्लिकमान्डु