यी अमेरिकी राज्य, जसको अर्थतन्त्र कयौं विकसित राष्ट्र बराबर




काठमाडाैं । पछिल्ला बर्षमा बिश्वको नम्बर १ अर्थतन्त्र बन्ने होडमा चिनीयाँ चुनौतीको सामना गरिरहेको महाशक्ति अमेरिका विश्वका अरु देशको तुलनामा भने धेरै अगाडि छ । संसारका कयौं ठूला अर्थतन्त्रका जिडिपी (कूल गार्हस्थ उत्पादन) अमेरिकाको राज्यहरुको बराबर छन् । अझ कति विकासोन्मुख राष्ट्रको जिडिपी त एउटा अमेरिकी शहर बराबर रहेको छ ।

क्यालिर्फोनिया राज्यको अर्थतन्त्र फ्रान्सको बराबर छ । दुवैको अर्थतन्त्रको आकार २ हजार ५ सय अर्ब डलर बराबर छ ।

अमेरिकाको बाँकी अरु पश्चिमी राज्यहरुको अर्थतन्त्र विश्वको ८ औं ठूलो अर्थतन्त्र इटालीको बराबर छ । दुवैको जिडिपीको आकार १ हजार ८ सय अर्ब डलर छ ।

न्यूयोर्कलगायत उत्तरपूर्वी राज्यहरुको अर्थतन्त्र ४ हजार २ सय अर्ब डलर छ, जुन जापानको अर्थतन्त्र बराबर हो ।

फ्लोरिडा र आलाबामाको १ हजार १ सय अर्ब डलर बराबरको अर्थतन्त्र मेक्सिकोको बराबर छ । टेक्सास र ब्राजिलको भने क्रमशः १ हजार ६ सय अर्ब डलर र १ हजार ७ सय पचास अर्ब डलर छ ।

युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीको अर्थतन्त्र भने १२ वटा अमेरिकी पूर्वी राज्य बराबर छ । जसको आकार ३ हजार ३ सय ५० अर्ब डलर बराबर हो ।

कतिपय देशको भने अमेरिकी सहर बराबरको अर्थतन्त्र रहेको छ । न्यूयोर्क सहर र क्यानडा दुवैको अर्थतन्त्र १५ सय अर्ब डलरको छ । त्यस्तै एसियाको उदाउँदो अर्थतन्त्र इन्डोनेसियाको जिडिपी लस एन्जलसको बराबर अर्थात ९०० अर्ब डलर छ । मायामी राज्यको भने दक्षिण अफ्रिका बराबर ३०० अर्ब डलर रहेको छ । एजेन्सीको सहयोगमा


क्लिकमान्डु