पूर्वाधार योजनाको पुँजीगत खर्च बढाउन मुख्य सचिवकाे अाग्रह



पोखरा । चालु आवको अहिलेसम्म  पुँजीगत खर्च ११ प्रतिशत मात्र हुन सकेको छ ।

यहाँ आज आयोजित ‘निजामती सेवाको राष्ट्रिय नीति तर्जुमा र  नागरिक सेवामा रणनीति’ विषयको  परामर्श गोष्ठीमा मुख्य सचिव डा सोमलाल सुवेदीले सो जानकारी दिँदै पूर्वाधार योजनाको पुँजीगत खर्च बढाउन त्यससँग सम्बन्धित कार्यालयका प्रमुखसँग आग्रह गरे ।

मुख्य सचिवले संविधान कार्यान्वयनमा निजामती प्रशासन बढी चनाखो भएर निपुणता  देखाउनुपर्नेमा जोड दिए। उनका अनुसार वार्षिक रुपमा रु एक लाखभन्दा बढी नयाँ योजना थपिने र ती योजनामा बजेट माग हुने गरेको छ ।  अधुरा योजना सकेर मात्रै नयाँ योजनाको सुरुआत गर्नुपर्ने उनको भनाइ छ ।

सामान्य प्रशासन मन्त्रालय र सार्वजनिक सुधारका लागि सार्वजनिक प्रशासनको तयारी आयोजनाको संयुक्त तत्वावधानमा भएको कार्यक्रमको अध्यक्षता गर्नुभएका क्षेत्रीय प्रशासक खगराज बरालले निजामती कर्मचारी शासक नभई सेवकका रुपमा जनताको काम गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा प्रदेश ४ नं अन्तर्गतका प्रजिअ, स्थानीय विकास अधिकारी र  सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुखको सहभागिता थियो । रासस


क्लिकमान्डु