श्रीलंकाको औद्योगिक क्षेत्रमा चीनले ५ अर्ब डलर थप लगानी गर्ने




काठमाडौं । चीनले श्रीलंकाको नयाँ औद्योगिक क्षेत्रमा आगामी पाँच बर्ष भित्र ५ अर्ब डलर बराबरको लगानी गर्ने भएको छ । श्रीलंकाको सरकारले समेत स्वागत गरेको सो लगानीले १ लाख रोजगारी सिर्जना गर्ने बताइएको छ ।

चीनियाँ राजदुत यि झ्याङ्ल्याङ्ले यो श्रीलंकाको लागी ठूलो अवसर भएको बताएका छन् । श्रीलंकाको दक्षिणी क्षेत्रमा सुरु गरिएको सो आर्थिक क्षेत्रमा ५० चीनियाँ लगानीकर्ताले रुची देखाएका छन् ।

राजदुत यिका अनुसार चीनले श्रीलंकाको हाम्बान्टोटा स्थित यो नयाँ आर्थिक क्षेत्रमा आगामी तीनदेखि पाँच बर्षमा ५ अर्ब डलर लगानी गर्ने छ । जसले १ लाख रोजगारी सृजना गर्ने छ ।

श्रीलंकाका प्रधानमन्त्री रानी बिक्रमासिंगेले चीनियाँ ब्यापारीहरुलाई श्रीलंकाको बिकासमा सहयोग पु¥याएकोमा धन्यवाद दिएका छन् ।


क्लिकमान्डु