श्री स्वस्थानी मेलामा जाँदै हुनुहुन्छ, यसरी लागिरहेको छ साँखुमा शालीनदी मेला



काठमाडौं । शङ्करापुर नगरपालीकामा अवस्थित धार्मिक शाली नदीमा श्री स्वस्थानी व्रत कथामा उल्लेख भएअनुसार एक महिने धार्मिक मेला विहिबारदेखि सुरु भएको छ ।
प्रत्येक वर्षको पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म चल्ने एक महिने स्वस्थानी मेलामा दर्शनगर्न करिब २० लाख भक्तजनहरु आउने विस्वास आयोजक समितिले लिएको छ ।

शालीनदी जाने श्रद्धालुहरुले ललीतपुरको सातदोबाटो, काठमाडौ रत्नपार्क, चावहिल चोक, पर्यटकीय स्थल नगरकोटबाट समेत सार्वजनिक यातायातका साधन पाउन सकिन्छ ।

यता भक्तपुर हुदै जान चाहनेहरुले नगरकोट सडक खण्ड अन्र्तगतको तेलकोटबाट २० मिनेटको पैदल हिँडेर समेत पुग्न सकिन्छ ।

मेला क्षेत्रमा करिब ४ सयको हाराहारीमा व्यवसाय गर्नेहरु छन् । उनिहरुले  पुजा सामग्री, कपडा, भाँडालगायत व्यापार गरी रहेका छन् ।

यो पनि हेर्नुहोस् : यसरी हुँदैछ जोरपाटी-साँखु सडक विस्तार, शालीनदी मेला आउने तिर्थालुलाई समस्या


क्लिकमान्डु