अमेरिका र क्युवाबीच आर्थिक क्षतिपूर्ति वारे छलफल



हवाना । क्युवाली क्रान्तिका समय अमेरिकी सम्पत्ती जफत र अमेरिकाद्वारा क्युवामाथि लगाइएको आर्थिक नाकाबन्दीबाट भएको क्षतिपूर्तिका विषयमा दुई देशका प्रतिनिधिबीच क्युवाको राजधानी हवानामा बिहीबार वार्ता सुरु भएको छ ।

यस विषयमा सन् २०१५ को डिसेम्वरमा हवानामा र सन् २०१६ को जुलाइमा वासिङ्टनमा भएको वार्ता कुनै निष्कर्ष बिना टुङ्गिएपनि क्युवा र अमेरिका बीचको कुटनैतिक पहलमा दुई देशका प्रतिनिधिबीच पुनः वार्ता सुरु भएको हो ।

वार्ताबारे दुई देशका प्रनिनिधिद्वारा जारी संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘वार्ता अघिल्ला दुई सम्मेलनमा भएको छलफल र प्राविधिक विवरणका आधारमा अधि बढाउने र आपसी सहमतिमा निचोड निकाल्नेछ ।’

आधा शताव्दीभन्दा बढी समयसम्म विगे्रको सम्बन्ध सुधार गर्न दुवै देश सहमत भइसके पनि सो समयमा एकअर्काको गतिविधिका कारण परेको आर्थिक क्षतिपूर्तिको विषय जटील समस्याका रुपमा हेरिदै आएको छ ।

क्युवाका विदेशमन्त्री ब्रुनो रोड्रिगेज अमेरिकी आर्थिक नाकाबन्दीका कारण क्याुवाले १२५ अर्व ९० करोड अमेरिकी डलरको क्षति व्यहोरेको केही समय पहिले अर्थात् सन् २०१६ को सेप्टेम्बरमा बताएका थिए ।

त्यसैगरी विभिन्न छ हजार अमेरिकी कम्पनी तथा व्यक्तिले क्रान्तिका समय क्युवामा रहेको एक अर्व ९० करोड बराबरको सम्पत्ती गुमाएको अमेरिकीको दावी छ ।

यद्यपि सावा र छ प्रतिशत व्याजसहित रकम आठ अर्व अमेरिकी डलर बराबर हुन आउने अमेरिकी दावी छ । रासस/सिन्ह्वा


क्लिकमान्डु