ललितपुर मोबाइल कम्प्लेक्समा माघ १४ देखि मोबाइल मेला



काठमाडौं। ललितपुर लगनखेलस्थित ललितपुर मलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले अंग्रेजी नयाँ वर्षको अवसर पारेर मोबाइल मेला आयोजना गर्न लागेको छ । ग्राहकहरुलाई मोबाइल खरिदमा विभिन्न छुट र उपहारसहित नयाँ वर्षलाई उत्सवमय बनाउन यहि माघ १४ गतेदेखि मोबाइल एक्स्पो आयोजना गर्न लागेको जानकारी दिएको छ ।

मोबाइल किनौं बुझेर, उपहार छानौं रोजेर भन्ने मुल नाराका साथ माघ १४ गतेदेखि माघ २२ गतेसम्म मोबाइल मेला आयोजना गर्न लागेको हो ।

कम्प्लेक्सले आफ्ना ग्राहकहरुका लागि अंग्रेजी नयाँ वर्षको अवसरलाई आकर्षक बनाउन योजना ल्याएको कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले जानकारी दिए । ‘हामीले यो कम्प्लेक्समा ग्राहकलाई ब्राण्डेड मोबाइल मात्र बिक्री गर्ने हुँदा ग्राहकहरु हामीकहाँ नियमित आउने गर्दछन्,’ उनले भने, ‘यो अंग्रेजी नयाँ वर्षमा सबै मोबाइल खरिदकर्ताहरुलाई आकर्षक उपहारसहित खुशी बनाउन चाहन्छौं ।’

ललितपुर मोबाइल कम्प्लेक्स नेपालको पहिलो मल्टिब्राण्ड मोबाइल शोरुम हो, जहाँ एकै पटक ४ हजारदेखि ५ हजार ग्राहकले सुविधा प्राप्त गर्न सक्दछन् । ललितपुर मलको दोस्रो तल्लामा ४० भन्दा बढि मोबाइल शोरुम तथा आधिकारीक सर्भिस सेन्टर संचालनमा छन् ।

मोबाइल कम्प्लेक्समा न्यूनतम रु.९०० देखि रु.१ लाख ४० हजार सम्मका विभिन्न ब्राण्डका फोनहरु उपलब्ध रहेका छन् । कम्प्लेक्समा सामसुंग, ह्वावे, जियोनी, कलर्स, आईफोन, एचटिसी, माइक्रोसफ्ट फोन, डिटिसी, ओवीआई, लाभा, सोनी, जेडटिईलगायत ब्राण्डका फोनहरु उपलब्ध रहेको कम्पनीले जानकारी दियो ।


क्लिकमान्डु