रामचन्द्र पौडेल भन्छन्ः बेत्रावती–धुन्चे–स्याफ्रुबेँसी सडकखण्ड फराकिलो पारौं



रसुवा । तेस्रो रसुवा महोत्सवको बोगटीटारमा उद्घाटन गर्दै नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले यो राजनीतिक स्थिरता आउने वर्ष भएकाले अब जिल्लाका हरेक गाउँटोलमा कालोपत्रे सडक पु¥याउनुपर्ने, जलविद्युत् उत्पादकहरुले आफ्नो कामका सबै विवरण जनतासमक्ष प्रस्तुत गरी जनअनुमोदन गराउनुपर्ने, पासाङल्हामु राजमार्गअन्तर्गत बेत्रावती–धुन्चे–स्याफ्रुबेँसी सडकखण्डको मापदण्ड अझ फराकिलो बनाउनुपर्ने बताएका छन् ।

लहरेपौवा महिला सञ्जालद्वारा सञ्चालित सो महोत्सव आगामी माघ ९ गतेसम्म सञ्चालन हुने आयोजक समितिले जनाएको छ । ‘रसुवा महोत्सवको आधारः कृषि तथा पर्यटनको सुधार’ भन्ने नारामा भएको सो महोत्सवले स्थानीय कला–संस्कृति संरक्षण, जैविक कृषि उपजको उत्पादन, धार्मिक–ऐतिहासिक– पुरातत्विक सम्पदाको संरक्षण तथा पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने अपेक्षा गरिएको रसुवा नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङले बताए । रासस


क्लिकमान्डु