लिबर्टी इनर्जीले २१ मेगावाटको बडिगाँढ बनाउने




काठमाडौं । लिबर्टी इनर्जी कम्पनीले बागलुङ र गुल्मी जिल्लामा रहेको बढीगाँढ खोलामा २१ मेगावाटको जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । कम्पनीको साधारणसभामा जलविद्युत आयोजनाको लागि अनुमति सर्वेक्षण प्राप्त गरेर अध्ययनको लागि अगाडि बढाएको जानकारी गराइएको हो ।

कम्पनीले अहिले लमजुङ जिल्लाको २५ मेगावाटको दोर्दी ‘ए’ जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ । जसको ३० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । कम्पनीको साधारणसभाले चारवर्षे कार्यकालको लागि नयाँ संचालक समिति चयन गरेको छ ।

संचालकहरुमा कुशकुमार जोशी, डा. आत्माराम घिमिरे, सुशील थापा, रामबहादुर पाण्डे र राजेन्द्र वस्ती निर्विरोध निर्वाचित भएका छन् । निर्वाचित संचालकहरु मध्येबाट संचालक समिति अध्यक्षमा कुशकुमार जोशी र प्रबन्ध संचालकमा डा. आत्माराम घिमिरे नियुक्त भएका छन् ।


क्लिकमान्डु