क्लासिक टेक र एयरटेलबीच उच्चस्तरीय इन्टरनेट प्रदान गर्ने सम्झौता



काठमाडौं । बिगत ७ बर्षदेखि इन्टरनेट सेवा प्रदान गर्दै आएको कम्पनी क्लासिक टेकले भारतीय कम्पनी एयरटेलसँग इन्टरनेट सेवा प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ ।

यो सहकार्य अनुसार एयरटेल र क्लासिक टेक फाइबर माध्यमबाट सिधै जोडिएको हुँदा एचओपीहरु कम हुने, लेटेन्सी कम हुने र प्रशस्त ब्याण्डविथ भित्र्याउन सकिने भएको कम्पनीले जानकारी दिएको छ ।

यो सँगै अब ग्राहकले आइपिएलसी जस्ता लाभहरु लिन सक्ने छन् । क्लासिक टेकले एयरटेल मार्फत लिजिङ लाइन सर्भिस संसारको जुनसुकै कुनामा पनि उपलब्ध गराउन सक्नेछ भने घरेलु ग्राहकले पनि सस्तो मुल्यमा अधिकतम र भरपर्दो इन्टरनेट स्पीड उपभोग गर्न पाउने भएका छन् ।

कम्पनीले नयाँबर्ष २०१७ को अवसरमा उच्चगतिको १२ एमबिपिएस अनलिमिटेड इन्टरनेट बार्षिक ग्राहकलाई १९ सय ९९ रुपैयाँ प्रतिमहिना उपलब्ध गराएको छ । साथै ३ एमबिपिएस अनलिमिटेड मात्र १ हजार ९९ रुपैयाँ प्रतिमहिना र एमबिपिएस अनलिमिटेड मात्र १४ सय ९९ रुपैयाँ प्रतिमहिनामा उपलब्ध गराएको जानकारी दिएकाेछ ।

कम्पनीले बार्षिक ग्राहकलाई जडान खर्च र फाईवर डीभाईस निशुल्क प्रदान गरिरहेको छ । यो बाहेक क्लासिक टेकका सेवाग्राहीका लागि पनि इन्टरनेट रिचार्जमा २ प्रतिशत रिबेटको योजना ल्याएको छ ।


क्लिकमान्डु