इन्टेक्स क्यू ७ एन् प्रो बैंककबाट सार्वजनिक



काठमाडौं। इन्टेक्सले नेपाली बजारका लागी बैंककको राजधानी थाइल्याण्डमा इन्टेक्स क्यू ७ एन् प्रोसार्वजनिक गरेको हो ।

यो स्मार्टफोन बैंककमा जारी इन्टेक्स डिलर मिटको अवसर पारेर सार्वजनिक गरिएको हो । उक्त कार्यक्रममा नेपाली बजारलाई ध्यानमा राखेर इन्टेक्स क्यू ७ एन् प्रो सार्वजनिक गरिएको हो ।

नेपालका ५५ वटा डिलर सहभागी भएको उक्त कार्यक्रममा नेपालका लागि इन्टेक्सका लागि आधिकारिक बिक्रेता कम्पनी चौधरी ग्रुपका वरिष्ठ महा प्रबन्धक रमेश श्रेष्ठले सार्वजनिक गरेका थिए ।

एन्ड्रोयड ललिपपमा अपरेटिंग सिस्टममा आधारित यो स्मार्टफोनमा ५ मेगापिक्सेलको अटो फोकस क्यामरा राखिएको कम्पनीले जनाएको छ । इन्टेक्स क्यू ७ एन् प्रोस्मार्टफोनको खरिदमा ग्राहकहरुले वायरलेस हेडफोन निशुल्क पाउने छन् ।

यसैगरी उक्त डिलर्स मिटमा २०७२/०७३ सालमा कम्पनीको वार्षिक बिक्री, सर्वाधिक बिक्रीको आधारमा बिक्रेताहरूलाई सम्मान गरिएको कम्पनीले जनाएको छ ।


क्लिकमान्डु