माछापुर्च्छे बैंकले २० प्रतिशत बोनस शेयर दिने



काठमाडौं । माछापुर्च्छे बैक लिमिटेडको अठारौं वार्षिक साधारण सभाबाट २० प्रतिशत बोनस शेयर दिने भएको छ ।

उक्त साधारण सभाले बैंकको आर्थिक बर्ष २०७२/७३ को बार्षिक प्रतिबेदन पारित गर्नुका साथै बैंकको सञ्चालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई हालको चुक्ता पूँजीको २०.७५ प्रतिशत वोनस शेयर (कर प्रयोजनका लागी  १.०९ प्रतिशत नगद लाभांश) चुक्ता पूँजीको १२ प्रतिशत हकप्रद शेयर निस्काशन गर्ने प्रस्ताव पारित गरेको छ । साथै,  उक्त साधारण सभाबाट सर्वसाधारण शेयरधनीहरुकोे तर्फबाट राम मान श्रेष्ठ, ओमेशलाल श्रेष्ठ र विश्व प्रकाश गौतम सञ्चालक समितिको सदस्य पदमा निर्विरोध निर्वाचित एका छन् ।

हाल रु. ३ अर्व ८६ करोड चुक्ता पुँजी रहेको सो बैकको चुक्ता पूँजी जारी हुने प्रक्रियामा रहेको हकप्रद शेयर पश्चात रु. ५ अर्ब ७९ करोड,  हालको पारित बोनस शेयर जारी भए पश्चात रु. ६ अर्ब ५९ करोड र सोही वार्षिक साधारण सभाबाट पारित हकप्रद शेयर जारी भए पश्चात रु. ७ अर्ब ३९ करोड कायम हुने बैंकले जनाएको छ ।

बैंकले आ.व. २०७३/७४ को पहिलो त्रैमाससम्ममा रु. २४ करोड ६९ लाख खुद मुनाफा आर्जन गरेको छ साथै  २०७३ असोज मसान्त सम्ममा रु ५८ अर्व १३ करोड निक्षेप परिचालन गरी रु. ४९ अर्व ८७ करोड कर्जा प्रवाह गरेको जानकारी दिएको छ ।


क्लिकमान्डु