२०७४ असोजमा मेलम्चीको पानी आउने, सबै क्षेत्रमा पानी पुर्याउन संसदहरुको माग



काठमाडौं । उपत्यकाबाट निर्वाचित सांसदहरुले मेलम्चीको पानी उपत्यकाका सबै भागमा वितरण गर्नुपर्न माग गरेका छन् ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना निर्देशनालयले आयोजना गरेको मेलम्चीको पानी वितरणको प्रगति र चुनौती विषयक अन्तरक्रियामा उनिहरुले उपत्यकाका जलाधार क्षेत्रको संरक्षण गरिनुपर्नेमा जोड दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै खानेपानी तथा सरसफाइ राज्यमन्त्री दीपक खड्काले सन् २०१७ सम्ममा देशभर आधारभूत खानेपानी र सरसफाइ सेवा पु¥याउने लक्ष्य प्रति सरकार गम्भीर रहेको बताए ।

‘विसं २०७४ असोज सम्ममा उपत्यकामा मेलम्चीको पानी ल्याई सक्ने योजनाका साथ मन्त्रालयले काम गरिरहेको छ । उपत्यकाका जलाधार क्षेत्रमा जलाशय निर्माण गरी थप पानीको जोहो गर्ने मन्त्रालयको लक्ष्य छ’ उनले भने ।

कार्यक्रममा सांसदहरु प्रकाशमान सिंह, दीपकप्रसाद कुईकेल, रामेश्वर फुयाँल, भीमसेनदास प्रधान, ध्यानगोविन्द रञ्जित, राजन केसी, उदयशम्शेर राणा, चन्द्र महर्जन, रामेश्वर ढुङ्गेल, डा सुबोध पोखरेल, रविन्द्रप्रताप शाह, गीता राणा, विक्रम थापा, औसर शाह, शिवचन्द्र चौधरी, राज्यलक्ष्मी श्रेष्ठ, सीता ज्ञवाली लुइटेल, कान्ता भट्टराई, रुपा महर्जन र जुगबहादुर खड्गीले मेलम्चीको पानी उपत्यकामा ल्याउने पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको सपना विपनामा परिणत हुन लागेकामा खुसी व्यक्त गरे ।

सबै संसदहरुले सबै उपत्यकावासिले मेलम्चीको पानी उपभोग गर्न पाउनु पर्ने माग राखेका थिए ।

रासस


क्लिकमान्डु