पुननिर्माण प्राधिकरण नेताहरुको कठपुतलीः डा. भट्टराई
मूर्खका मनमा अर्ती गाली तुल्य बिझाउँछ
दूधपान गरी सर्प विष मात्र बढाउँछ ।
( कविशीरोमणि लेखनाथ पौड्याल)
महाविनाशकारी भूकम्प गएको दुइ बर्ष पुग्न लाग्दा पनि घरवारविहीन बन्न पुगेका क़रीब आठ लाख घरपरिवार सडकरगोठरछाप्रामा चिसो हिउँदको कहर खेप्न वाध्य छन् । सरकारको कुर्सीमा बसेका लोकत्नत्रका खानदानी ठेकेदारदेखि क्रान्तिका नवधनाढ्य ठेकेदारसम्म विदेशीले नेपाली जनताकै टाउकामा बोकाएको थप ऋणको भारी र केही दानदातव्यको रकम बाँड्ने आफ्नो मान्छेु फेर्ने कचिंगलमै मस्त छन् ।
महाभूकम्पको लगत्तै पछि मैले इण्डोनेसिया, जापान, भारत, पाकिस्तान लगायतका अनुभवको अध्ययन र केही जानकार नेपाली विज्ञहरूको समेत सल्लाह लिएर एउटा अधिकारसम्पन्न र सापेक्षरूपले स्वायत्त राष्ट्रिय नवरपुनर्निर्माण प्राधिकरण गठन गर्ने र त्यस मार्फत युद्धस्तरमा सम्पूर्ण कार्य एकीकृत रूपमा सम्पन्न गर्ने अवधारणा अघि सारेको थिएँ ।
तर जुनसुकै राष्ट्रिय विपत्तिको पनि दलीयरगुटीयरनिजी लाभ लिन र भागवण्डाको राजनीति गर्न अभ्यस्त भैसकेका देशका प्रमुख दल र नेताहरूले एउटा नाममात्रको कठपुतली जस्तो राष्ट्रिय पुनर्निर्माण प्राधिकरणु नाउँको अर्को सरकारी विभाग गठन गरे र आआफ्ना प्रियपात्रहरूलाई सिइओको टीका लगाउन र ९/९ महिनाको सरकार फेरवदलसंगै उसलाई पनि फेर्दै जाने शृंखला शुरू गरे ।
अहिले फेरि अर्को आफु अनुकुलको सिइओ फेर्ने नाटकको मंचन भैरहेछ ।
समस्या सिइओ व्यक्तिविशेषको हैन । मूल समस्या प्राधिकरणको हैसियत र संरचनाको हो । कमसेकम वरिष्ठ मन्त्री वा अझै राम्रो उपप्रधानमन्त्रीको हैसियत सहितको विज्ञ राजनीतिज्ञ, प्रशासकको क्षमता भएको व्यक्तिको नेतृत्वमा मन्त्रीपरिषद् वा संसदप्रति जिम्मेवार हुनेगरी र राज्यका सबै आवश्यक अंग र साधनश्रोत परिचालन निश्चित अवधिसम्म गर्न सक्ने गरी ऐनमा संशोधन गरेर अर्को प्राधिकरणको गठन गर्नु नै यो समस्याको वास्तविक समाधान हो ।
डा. भट्टराईको फेसबुकबाट