३५ किलो सुन अनुसन्धानको लागि छानबिन कमिटि गठन



काठमाडौं। भन्सार विभागले हिजो त्रिभुवन विमानस्थलबाट भित्रिएको अवैध सुनको विषयमा अनुसन्धान गर्न छानबिन समिति गठन गरेको छ ।

विभागले उपमहानिर्देशक सुमन दाहालको संयोजकत्वमा ५ सदस्य छानबिन समिति गठन गरेको हो । दाहाल नेतृत्वको समितिले १० दिनभित्रमा रिपोर्ट बुझाउने छ ।

भन्सार विभागले त्रिभुवन विमानस्थलका सुन आउने समयमा रहेका ड्युटीका कर्मचारीलाई पनि जिम्मेवारीबाट हटाएको छ । हिजो प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)ले विमानस्थलबाट साउदी अरबबाट ल्याइएको ३५ किलो अवैध सुन जफत गरेको थियो ।

३५ किलो सुनको भरिया प्रक्राउ परेपनि सुन मगाउने व्यक्ति भने अहिलेसम्म फेला परेका छैनन् ।


क्लिकमान्डु