केपी ओलीले खुल्लामञ्चबाट भने, संबिधान संशोधन असफल हुन्छ




काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले फागुन दोस्रो सातापछि मेची महाकाली अभियान चलाउन लागेको र काठमाडौंको जागरणलगत्तै तराई मधेसमा सिंगो पार्टी केन्द्रित भएर अगाडी बढ्ने जानकारी दिए ।

शुक्रबार राजधानीमा शक्ति प्रदर्शनपछिको आमसभालाई सम्बोधन गर्दै ओलीले अब एमाले तराई मधेसमा केन्द्रित हुन लागेको बताए ।

मधेसी मोर्चाका हरु प्रति कटाक्ष गर्दै ओलीले भने ‘एमालेलाई बाजा बजाएर मधेसबाट बिदा गर्ने भनेको सुनियो, म उनीहरुलाई हैसियत स्मरण गराउन चाहन्छु । सिंगो तराई मधेसमा उनीहरुले जितेको ११ सीट हो, एमाले एक्लैले ४० सीट जितेको छ ।’

तराईका जनतामा रहेको देशभक्तिलाई कमजोरी नठाने हुन्छ । तराईका जनतालाई अल्मल्याउन सकिन्छ भन्ने नठाने हुन्छ ।

उनले ५ नम्बर प्रदेशको बिभाजन मधेशी जनताको माग नभएर बाहृय शक्तिबाट निर्देशित व्यक्तिहरुको माग मात्रै रहेको बताए ।


क्लिकमान्डु