यती डेभलपमेण्ट बैंकको संस्थापक शेयर स्वामित्वमा परिवर्तन



काठमाडौं । यती डेभलपमेण्ट बैंकको संस्थापक शेयर स्वामित्व परिवर्तन भएको छ । परिवर्तनपछि यतीको संस्थापक समूहको शेयर ५१ प्रतिशत र सर्वसाधारण समूहको शेयर ४९ प्रतिशत कायम भएको छ ।

यती बैंकको चौथो साधारण सभाबाट पारित संस्थापक शेयर स्वामित्व परीवर्तन सम्बन्धी प्रस्तावलाई नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज तथा सिडिएस क्लियरीङ्गले स्विकृती प्रदान गरेको हो । परिवर्तन पूर्व संस्थापक समूहको शेयर स्वामित्व ६८.३१ प्रतिशत तथा सर्वसाधारण समूहको ३१.६९ प्रतिशत शेयर रहेको थियो ।

बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रकृया अन्तिम चरणमा रहेको समेत जानकारी गराएको छ ।


क्लिकमान्डु