हिमालयन बैंकले दिने भयो ३० प्रतिशत बोनस शेयर, यसै बर्ष ५ शाखा थप्ने



काठमाडौं । हिमालयन बैंकले ३० प्रतिशत बोनस शेयर र १ दशमलव ५७ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकको २४ औं साधारण सभामा यस सम्बन्धी जानकारी दिइएको हो ।

बोनस शेयरको वितरण पश्चात बैंकको चुक्ता पूँजी ५ अर्ब ८४ करोड ८८ लाख ८८ हजार ५ सय पुग्नेछ ।

बैंकले आर्थिक बर्ष २०७२÷७३ सम्म ८७ अर्ब ३३ करोड निक्षेप संकलन र ६९ अर्ब १० करोड कर्जा प्रवाह गरेको छ ।

साथै बैंकले चालु आवमा ५ स्थानमा नयाँ शाखा खोल्ने साथै विभिन्न स्थानमा एटीएम र पस टर्मिनलहरु विस्तार गर्ने अध्यक्ष मनोज बहादुर श्रेष्ठले जानकारी दिए ।


क्लिकमान्डु