एउटा यस्तो कम्पनी, जसको सेयरले १० हजार भन्दा बढी मानिस करोडपति बने



माइक्रोसफ्ट भन्ने बित्तिकै हामी संसारकै सबैभन्दा धनी ब्यक्ति बिल गेट्सको नाम सम्झिन्छौं । उनी संग अहिले करिब ८५ अर्ब डलर हाराहारी सम्पत्ति रहेको बताइन्छ ।

तर बिल गेट्सलाई संसारकै धनी ब्यक्ति बनाउने उनको माइक्रोसफ्ट कम्पनीले अरु दशौं हजार सेयरधनी हरुलाई डलरमा करोडपती बनाएको कुरा तपाईंलाई थाहा नहुन पनि सक्छ । त्यसैले त माइक्रोेसफ्टका सेयरधनीहरु बिच,‘म अर्को माइक्रोेसफ्ट खोजिरहेको छु भन्ने भनाइ निकै प्रख्यात छ’ ।

माइक्रोसफ्टको कारोबार सुरु भएको पहिलो दिन प्रति कित्ता २८ डलरमा १०० कित्ता सेयर किनेर २८ सय डलर लगानी गरेका सेयरधनीहरुसँग अहिले लाभांसको हिसाब नगर्दा पनि १६ दशमलव ६ लाख डलर बराबरको सम्पत्ति रहेको छ । त्यो भनेको ५९,१८६ प्रतिशत नाफा हो ।

बिश्वमै सबैभन्दा बढि करोडपती कामदार भएको कम्पनी पनि माइक्रोेसफ्ट नै भएको बताइन्छ ।
सन् २००५ मा न्यूयोर्क टाइम्समा प्रकाशित एक लेखमा सन् २००० सम्ममा माइक्रोेसफ्टले १० हजार जनालाई करोडपति बनाईसकेको कुरा लेखिएको थियो ।

माइक्रोेसफ्टको कारोबार सुरु भएको पहिलो दिन प्रति कित्ता २८ डलरमा १०० कित्ता सेयर किनेर २८ सय डलर लगानी गरेका सेयरधनीहरुसँग अहिले लाभांसको हिसाब नगर्दा पनि १६ दशमलव ६ लाख डलर बराबरको सम्पत्ति रहेको छ । त्यो भनेको ५९,१८६ प्रतिशत नाफा हो ।

माइक्रोसफ्टको अमेरिकी सेयर बजारमा ४५० अर्ब डलर बराबरको बजार पूँजीकरण रहेको छ । जुन सो बजारको तेस्रो ठूलो बजार पूँजीकरण हो ।

माइक्रोसफ्टले आफ्नो कारोबार सुरु गरेको दस बर्षमा आइपीओ जारी गरेको थियो । २१ डलरमा जारी गरेको सो आइपीओ ३५ दशमलव ५ डलर सम्म पुगेर ३१ दशमलव २५ डलरमा आइपुग्यो । बिल गेटस्ले ३५ करोड डलर सम्म कमाए ।

माइक्रोसफ्टले सन् २००४ देखी सेयरधनीलाई लगातार लाभांस बाँड्दै आएको छ । उक्त बर्ष माइक्रोेसफ्टले प्रति सेयर ३ डलरका हिसाबले लाभांस बाँड्दा ३२ अर्ब डलर बाँडेको थियो ।

यो रकम यती ठूलो थियो कि अमेरिकाको प्रतिव्यक्ती आय नै ३ दशमलव ७ प्रतिशतले बढेको थियो ।


क्लिकमान्डु