काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले लगानी योग्य रकम (तरलता) अभाब भयो भनिरहेका बेलामा राष्ट्र बैंकले भने त्यस्तो अभाब नभएको बताएको छ ।
तरलता अभाव कम गर्न राष्ट्र बैंकले आज (शुक्रबार) जारी गरेको रिपो (बैंकहरुले तोकिए अनुसारको ब्याज तिरेर निश्चित अबधिको लागि लिन पाउने गरी राष्ट्र बैंकले राखेको निक्षेप) निकै कम मात्र विक्री भएको राष्ट्र बैंकका कार्यकारी निर्देशक त्रिलोचन पंगेनीले जानकारी दिए ।
‘हामीले २० अर्बको रिपो जारी गर्दा जम्मा १ अर्ब ९० करोेड रुपैयाँको मात्रै माग भएको छ, यो अवस्थाले पनि बजारमा तरलताको अभाव छैन भन्ने पुष्टी गर्छ,
राष्ट्र बैंकले शुक्रवार १२ बजेसम्मको लागि अनलाइन विडिङ प्रणालीमा २० अर्ब रुपैयाँ रिपो जारी गरेको थियो । तर तोकिएको अवधिसम्ममा जम्मा १ अर्ब ९० करोड रुपैयाँको रिपो मात्र विक्री भएको पंगेनीले जानकारी दिए ।
‘हामीले २० अर्बको रिपो जारी गर्दा जम्मा १ अर्ब ९० करोेड रुपैयाँको मात्रै माग भएको छ, यो अवस्थाले पनि बजारमा तरलताको अभाव छैन भन्ने पुष्टी गर्छ,’ राष्ट्र ऋण ब्यवस्थापन विभागका प्रमुख समेत रहेका पंगेनीले क्लिकमाण्डूसँग भने ।
अहिले केही बाणिज्य बैंकहरुले १०० दिने मुद्दति निक्षेपमा ११ प्रतिशतभन्दा बढीको पनि ब्याज दिने सार्वजनिक सुचना प्रकाशित गरेका छन् ।
‘यो बैंकहरुको नाटक मात्रै हो, साँच्चिकै अभाब भए रिपो जारी गर्दा लिन आइहाल्थे नि,’ अल्पकालिन मुद्दति निक्षेपको ब्याजदरबारे स्मरण गराउदा पंगेनीले भने ।
सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत किशोर महर्जन भने तत्कालको लागि तरलता अभाव भएको बताउछन् । ‘अबको केही महिना भित्रमा यो अभाव कम हुने आशामा अहिले हामीले अल्पकालिन मुद्दति निक्षेपप्रति विषेश ध्यान दिएका छौं, अहिले बैंकिङ प्रणालीमा १ खर्बदेखि सबा खर्बसम्मको तरलता कम छ,’ कार्यकारी अधिकृत महर्जनले क्लिकमाण्डूसँग भने ।
प्रतिक्रिया