टुरिजम्, मातृभूमि र कालिञ्चोक डेभलपमेन्ट बैंक गाभिए, एकीकृत कारोबार आइतवारदेखि



काठमाडौं । टुरिजम् डेभलपमेन्ट बैंक लिमिटेडसहित अन्य दुई विकास बैंकहरु गाभिएर आइतवारदेखिदेखि एकीकृत कारोबार गर्ने भएको छ ।

टुरिजम डेभलपमेन्ट बैंकमा मातृभूमि विकास बैंक र कालिञ्चोक डेभलपमेन्ट बैंक गाभिएर एकीकृत कारोबार गर्न लागेका हुन । तीनैवटा विकास बैंक गाभिएर बन्ने टुरिजम डेभलपमेन्ट बैंक लिमिटेडको नामबाट आइतवारदेखि एकीकृत कारोबार हुने भएको हो ।

ख बर्गको राष्ट्रियस्तरको टुरिजम डेभलपमेन्ट बैंक, एक जिल्ले मातृभूमि विकास बैंक र तीन जिल्ले कालिञ्चोक डेभलपमेन्ट बैंकको भदौ १५ गते बसेको छुट्टाछुट्टै विशेष साधारण सभाबाट एक आपसमा गाभ्ने गाभिने सम्बन्धी विशेष प्रस्ताव पारित गरेका थिए ।

यि बैंकहरुलाई नेपाल राष्ट्र बैंक तथा कम्पनी रजिस्ट्रारको कार्यालयबाट गाभ्ने गाभिने सम्बन्धमा अन्तिम स्विकृती प्राप्त भएको हुँदा टुरिजम डेभलपमेन्ट बैंकले अन्य दुई विकास बैंकहरुको सम्पूर्ण चलअचल सम्पत्ति, दायित्व तथा अन्य संभावित दायित्वहरु बेहोर्ने, सकार्ने भएको छ ।

तीन वटै विकास बैंक गाभिएर बन्ने टुरिजम डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय नयाँ वानेश्वरमा राखिएको छ भने यहि पुस २४ गतेदेखि एकीकृत रुपमा कारोबार शुरु गर्ने भएका छन् । यसको लागि तीन वटै विकास बैंकहरुले आज शुक्रबारदेखि शनिवारसम्म बैंकिंग सेवा बन्द गर्ने भएका छन् ।


क्लिकमान्डु