नगद प्रोत्साहन १५ प्रतिशत देउः निर्यातकर्ता



काठमाडौं । नेपालमा पहिलो पटक निर्यात दिवस मनाउन लागिएको अवसर पारेर निर्यातकर्ताहरुले थप नगद प्रोत्साहनको माग गरेका छन् ।

निकासी दिवसको बारेमा जानकारी दिन बुधवार आयोजित पत्रकार सम्मेलनमा नेपाल निर्यात परिषद्का अध्यक्ष सुरेन्द्र कुमार श्रेष्ठले निर्यात व्यापारलाई सरकारबाट उचित कदर नभएको गुनासो गर्दै सरकारको ध्यानाकर्षण गर्न निर्यात दिवसको आयोजना गर्न लागिएको बताए । ‘३ वर्ष अघि ९१ अर्ब रुपैंया बराबरको  निर्यात भएकोमा ८६ अर्ब हुँदै हाल ७३ अर्बमा झरेको छ,’ उनले भने ।

आयातलाई प्रतिस्थापन गर्न र निर्यात प्रबद्र्धनका लागि सरकारले निर्यातकर्ताहरुलाई थप नगद प्रोत्साहन दिनुपर्ने उनले माग गरे ।

नेपाल निर्यात परिषद्को आयोजना र नेपाल हस्तकला महासंघको सह आयोजनामा यहि पुस २२ गते निकासी दिवस मनाउन लागिएको हो ।

सरकारले अहिले निर्यात व्यवसायिहरुलाई दिँदै आएको २ प्रतिशत नगद प्रोत्सान झन्झटिलो र अपूग रहेको भन्दै त्यसलाई १५ प्रतिशत पु¥याउनु पर्ने व्यवसायिहरुले माग समेत गरेका छन् ।


क्लिकमान्डु