झिनो अंकले बढ्यो नेप्से, कारोबार ३२ करोडमा खुम्चियो




काठमाडौं । हिजो २६ अंकले घटेको नेप्सेमा आज सामान्य सुधार आएको छ ।

एक अंकका सामान्य बृद्धि भएको बजारमा कारोबार रकम भने हिजो ३८ करोड बाट आज ३२ करोड रुपैयाँमा खुम्चिएको छ । केहि महिना अघिसम्म दैनिक १०० करोडको कारोबार हुने नेप्सेमा अहिले ३० करोड हाराहारी कारोबार हुन थालेको छ ।
बुधबार नेप्से परिसुचक १ अंकले बढेर १४५७.८२ बिन्दुमा पुगेको छ ।

नेप्सेले दिएको जानकारी अनुसार मंगलबार १२४ कम्पनीका ६ लाख ३८ हजार कित्ता सेयर खरिद विक्री भएका छन् । आज बैंक, बित्त र अन्य बाहेकका उपसुचक बढेका छन् । नेप्से परिसूचक सँगै ‘क’ बर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि ०.२७ अंकले बढेको छ ।


क्लिकमान्डु