२६ अंकले घट्यो नेप्से, कारोबार ३८ करोडमा खुम्चियो



काठमाडौं। साताको कारोबारको पहिलो दुई दिन लगातार बढेको पूँजी बजार मापक नेप्से परिसुचक आज मंगलबार २६ दशमलव ०३ अंकले घटेकोे छ । कारोबार रकममा पनि उल्लेख्य गिरावट आइ ३८ करोडमा खुम्चिएको छ । जुन अघिल्लो दिनको तुलनामा १२ करोडले कम हो ।

मंगलबार नेप्से परिसुचक २६ दशमलव ०३ अंकले घटेर १४५६ दशमलव ८२ बिन्दुमा आइपुगेको छ ।

नेप्सेले दिएको जानकारी अनुसार मंगलबार १३० कम्पनीका ६ लाख ७१ हजार कित्ता सेयर खरिद विक्री भएका छन् ।
आज बैंक, बिकास बैंक, उत्पादनमुलक,होटेल, हाइड्रो, बित्त बिमा र अन्य उपसुचक घटेका छन् ।

नेप्से परिसूचक सँगै ‘क’ बर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि ५.८४ अंकले घटेको छ ।


क्लिकमान्डु