यि नेपाली, जो २०१६मा सोसल मिडियामा चर्चामा रहे



सन् २०१६ मा नेपाली मिडियाले शान्तिपूर्ण वातावरण पाए पनि प्रेस स्वतन्त्रता विरुद्धका अपराधमा दण्डहीनता कायमै रहेको फ्रिडम फोरमले आज सार्वजनिक गरेको वार्षिक मिडिया प्रतिवेदनअध्ययनले देखाएको छ ।

इन्टरनेट पहुँच बिस्तार

सन् २०१५ को अध्ययनमा ४४.१ प्रतिशत नेपालीमा इन्टरनेटको पहुँच पुगेको थियो भने २०१६ मा ५२.७ प्रतिशतले नेपाली इन्टरनेटको प्रयोग गरिरहेको देखिएको छ ।

अहिले ८० लाख नेपालीले सामाजिक सञ्जाल प्रयोग गरिरहेका छन् ।

यस वर्ष सामाजिक सञ्जालमा गोरखाकी तरकालीवाली (कुसुम श्रेष्ठ), अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्की, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, पत्रकार सुमन खरेलद्वारा कान्तिपुर टेलिभिजनमा कञ्चन शर्माको अन्तवार्ता (सुमन भाई) र प्रधानमन्त्री पुष्ककमल दाहाल ‘प्रचण्ड’ले सार्वजनिक गर्नुभएको सम्पत्ति विवरण, पूर्वप्रधानमन्त्री केपी शर्माओलीले आफू प्रधानमन्त्री हुँदा घोषणा गर्नुभएको हावाबाट बिजुली निकाल्ने र घरघरमा ग्यास पाइपलाइन पु¥याउने कुरा भाइरल बने ।

मिडियासम्बन्धी नीतिगत विश्लेषण गर्दै फ्रिडम फोरमका कार्यकारी प्रमुख तारानाथ दाहाल भन्छन् ‘राष्ट्रिय आमसञ्चार नीति मन्त्रिपरिषद्बाट पारित हुनु सकारात्मक भए पनि त्यसभित्र रहेका अनेकौँ त्रुटिहरू नसच्याए नीति अपुरो हुनेछ ।’

इन्टरनेटमा आधारित मिडियाको ‘रजिस्टे«सन’, प्रेस काउन्सिल नेपालद्वारा पत्रकार बन्न परीक्षा दिनुपर्ने तयारी, रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सार्वजनिक प्रशारण सेवा –(पिएसबी) मा लैजाने तयारी नहुनु आमसञ्चार नीतिका कमजोरी रहेको उनले औँल्याए ।


क्लिकमान्डु