यसरी हुँदैछ जोरपाटी-साँखु सडक विस्तार, शालीनदी मेला आउने तिर्थालुलाई समस्या



काठमाडौँ उपत्यका विकास प्राधिकरणले चावहिल-जोरपाटी-साँखु सडक विस्तारको कामलाई तिब्रता दिएको छ ।

अघिल्लो बर्ष नाका बन्दीको समयमा ठेक्का सम्झौता भएको बाटो निर्माणको कामले अहिले तिब्रता पाएको छ । सडकको बिच भागबाट दायाँबायाँ दुवैतिर ११/११ मिटर चौडा रहने सडक चार लेनको हुने छ ।

तिन खण्डमा बिभाजन गरेर निर्माण कार्य अगाडी बढाईएको यो सडक बस्ति नभएका ठाँउमा दाँयाबाँया वाल लगाउने काम पुरा भइसकेको छ ।

चावहिल-जोरपाटी-साँखु करिब १२ किमी सडकमा पर्ने घरहरु भत्काउने कार्य तिब्र भएको छ । सरकारले मापदण्ड तोक्नुअघि निर्माण भएका संरचनाका धनीलाई मुआब्जा दिइएको प्राधिकरणले जनाएको छ ।

यस बर्षको शालिनदी मेला सुरु हुन केही दिनमात्र बाँकी रहेको छ । अहिले बाटोमा टिपर र मिनिटाटाको उपस्थितीले आवत जावतमा निकै कठिन भएको बताउँछन् शालिनदी मेला व्यवस्थापन समितिका अध्यक्ष राजुभाइ मानन्धर ।

अघिल्लो बर्ष १५ लाख श्रद्धालुले दर्शन गरेका थिए, यस बर्ष २० लाख आउने अपेक्षा गरेका छौं । ‘भक्तालुको आवज जावतलाई ध्यान दिएर सडक सम्याउनु पर्छ, त्यसकोलागि सिडियो कार्यालय देखि डेकेदारसम्म लाइ घच्घचाइ रहेका छौं,’ मानन्धर भने ।

कम्तीमा वाल लगायको ठाँउलाई माटो भरेर सम्याउन सकियो भने आवत जावत सजिलो हुने मानन्धरको बुझाई छ ।


क्लिकमान्डु