न्यूरोड मोबाइल महोत्सवमा ग्राहकहरूको भिड, १० करोड रुपैंया बढिको कारोबार



काठमाडौं । नेपाल मोबाइल व्यवसायी संघले यहि पुष १३ गतेदेखि आयोजना गरिरहेको न्यूरोड मोबाइल महोत्सव २०७३ मा १० करोड रुपैंया भन्दा बढिको कारोबार भएको छ ।

मोबाइल हबको रुपमा चिनिने पाको, न्यूरोड क्षेत्रमा आयोजना भईरहेको न्यूरोड मोबाइल महोत्सव २०७३ मा स्मार्टफोन, एसेसरिज बिक्री बितरणका साथै विभिन्न मनोरन्जनात्मक गतिबिधि पनि आयोजना गरिएको आयोजकले जानकारी दिएको छ ।

महोत्सवमा ग्राहकहरुको सहभागीता उल्लेखनिय हुँदा उत्साहित भएको महोत्सवका संयोजक पुरुषोत्तम बस्नेतले बताए । “यो मोबाइल महोत्सवमा मोबाइल किन्ने मात्र नभई ग्राहकहरुलाई विभिन्न आकर्षक अफर पनि दिएका छौं, जसले हाम्रो अनुमान भन्दा पनि बढि ग्राहकहरुको भिड देखियो” उनले भने, “महोत्सवमा नयाँ प्रविधिसहितका मोबाइल फोनहरुमा ग्राहकहरुको रुचि अधिक देखिएको छ ।”

महोत्सवका सह संयोजक आविश्कारलाल श्रेष्ठले न्यूरोड क्षेत्रमा प्रवेश गर्ने हरेक ग्राहकहरुले उपहार प्राप्त गर्ने जानकारी दिए । उनले भने, “हामीले हात खाली नहुने अफर ल्याएका छौं जसमा ग्राहकहरुले विभिन्न सामाग्री तथा उपहारहरु प्राप्त गर्नेछन् ।”

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलको प्रायोजनमा आयोजना भईरहेको न्यूरोड मोबाइल महोत्सव २०७३ मा स्मार्टफोन खरिदकर्तालाई एनसेलको सिम तथा १०० एमबीको डाटा अफरमा दिईएको आयोजकले जनाएको छ ।


क्लिकमान्डु