दुई विकास बैंक ‘एक्वायर’ गर्न सेञ्चुरीले पायो सैद्दान्तिक सहमति



काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले इन्नोभेटिभ डेभलपमेन्ट बैंक लिमिटेड र अरनिको डेभलपमेन्ट बैंक लिमिटेडको प्राप्तिको लागि नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरेको छ ।

बैंकले आ.व. २०७३/७४ को असोज मसान्तसम्म कुल निक्षेप रु.३१.६८ अर्व र कर्जा रकम रु. २७.६० अर्व परिचालन गरी रु.१२.३१ करोड सञ्चालन मुनाफा र रु.७.४३ करोड खुद मुनाफा आर्जन गर्न सफल भएको छ । त्यसैगरी इन्नोभेटिभ डेभलपमेन्ट बैंक र अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्तीपछि सेञ्चुरी बैंकले ५० भन्दा बढी शाखा कार्यालयहरुबाट बैंकिङ्ग सेवा प्रदान गर्ने छ ।

प्राप्ती, हकप्रद तथा मुनाफा आर्जनबाट सेञ्चुरी बैंकले नेपाल राष्ट्र बैंकले तोकेको पूँजी पुर्याउने लक्ष्य लिएको छ ।


क्लिकमान्डु