जिओनीद्धारा मोवाइल मर्मत गरी घरमै पुर्याउने सेवाको सुरुवात




जियोनीद्वारा आफ्ना ग्राहकलाई सुविधा पुगोस भन्ने उद्देश्यले मोबाईल फोन मर्मतमा होम डेलिभरि सर्भिसको व्यवस्था गरिएको छ ।

जिओनिको कुनै पनि मोबाईल फोन मर्मत गर्नुपरेमा ताम्राकार कम्प्लेक्स् अवस्थित जिओनि सर्भिस सेन्टरबाट मात्र रु १३० मा ३ घण्टाभित्र सर्भिस लिन सकिने कम्पनीले जनाएको छ ।

१ सय ७५ रुपैयाँमा १ घण्टामा चक्रपथभित्र घरमै पुर्याइदिने व्यवस्था गरेको जानकारी कम्पनीले दिइएको छ ।

यदि सोही मोबाईल सेटमा पुन सोही समस्या देखा परेमा निशुल्क लिन आउने र पुर्याउने ब्यबस्था गरेको समेत कम्पनीले जानकारी दिएको छ ।


क्लिकमान्डु