पुननिर्माण प्राधिकरणका सिइओसँग सरकारले सोध्यो स्पष्टिकरण, प्रतिउत्तरमा ज्ञवालीले तत्काल जारी गरे प्रेस वक्तब्य



काठमाडौं । सरकारले राष्ट्रिय पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीसँग स्पष्टिकरण सोधेको छ । विहिवार बसेको मन्त्रिपरिषद बैठकले उनीसँग ५ बुदे स्पष्टिकरण सोधेको हो ।

सरकारले स्पष्टिकरण सोधेपछि प्रमुख कार्यकारी ज्ञवालीले प्रेस विज्ञप्ति जारी गर्दै आफूले इमान्दार प्रयास गरेको जानकारी दिएका छन् । सरकारले उनीसँग स्पष्टिकरण सोध्ने र उनले प्रेश विज्ञप्ति जारी गर्ने गरेका कारण यो विषयले कानुनी रुप लिने देखिएको छ ।

‘स्थापनाको एक वर्षमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आफ्ना कामहरु व्यवस्थित र योजनाबद्ध रुपमा अघि बढाएकाले त्यसका परिणामहरु एकपछि अर्को गर्दै बाहिर आइरहेकै छन्, यस अवस्थामा वस्तुस्थितिको यथार्थ चित्रण सहित पेश गरिने स्पष्टिकरणले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण तथा सम्बद्ध सरकारी निकायले गरेका तथा गर्नुपर्ने कार्यहरु, चुनौती र समस्याहरुको सम्बन्धमा थप स्पष्ट हुने तथा पुनर्निर्माण कार्यलाई अघि बढाउन थप सहयोग पुग्नेछ भन्ने मैले अपेक्षा गरेको छु,’ ज्ञवालीले विज्ञप्ती जारी गर्दै उल्लेख गरेका छन् ।

सरकारले ज्ञवालीलाई पुननिर्माण कार्यमा सरकारी निकायबिच समन्वय गर्न नसकेको आरोप लगाएको छ । यस्तै निर्देशक समितिको निर्णय कार्यान्वयन नगरेको, भूकम्प पीडितलाई समयमै अनुदान रकम वितरण नगरेको, कर्मचारी परिचालन सन्तोषजनक नभएको र कार्यसम्पादन कमजोर रहेको आरोप लगाउदै उनीसँग यस विषयमा स्पष्टिकरण सोधिएको हो । उनलाई ७ दिन भित्रमा लिखित जवाफ पेश गर्न भनिएको छ ।


क्लिकमान्डु