लक्ष्मी लघुवित्तको लिलामीमा आवेदन दिने अन्तिम दिन, सुर्या लाइफको लिलाम सुरु



काठमाडाैं । सुर्या लाइफ इन्स्योरेन्सको २० हजार ९ सय ७३ कित्ता साधारणमा सेयरको लिलामी सुरु भएको छ । इन्स्योरेन्सले २५ प्रतिशत हकप्रद निष्काशनका बेला नबिकेको सेयर लिलाम गरेको हो ।

उता लक्ष्मी लघुवित्तको लिलाममा राखिएको सेयरको आवेदन दिने अन्तिम दिन आज हो । लघुवित्तले एक बराबर एक कित्ताको अनुपातमा हकप्रद निष्काशन गर्दा नबिकेको सेयर लिलाममा राखेको थियो । गत साउन २० गतेदेखि सूर्या लाइफ इन्स्योरेन्सले चार कित्ता बराबर एक कित्ता हकप्रद निष्काशन गरेको थियो ।

हकप्रदमा नबिकेर इन्स्योरेन्सले लिलाम गरेको सेयर खरिद गर्नका लागि पुस १८ गतेसम्म कम्पनीको सेयर बिक्रि प्रबन्धक लक्ष्मी क्यापिटल नयाँ बानेश्वरमा सम्पर्क गर्नु पर्ने हुन्छ । सेयर लिलामको बोलकबोल पुस १९ गते १ बजे बिक्रि प्रबन्धकको कार्यलयमा खोलिने बताइएको छ । यता लक्ष्मी लघुवित्तको १५ हजार ९ सय तिन कित्ता साधारण सेयरको लिलामी मंगलबार बन्द हुँर्दैछ ।

इच्छुक लगानीकर्ताले कम्पनीको सेयर विक्रि प्रबन्धक एनएमबि क्यापिटल नक्सालबाट साढे २ बजेसम्म गर्न आवेदन सक्नेछन् । कम्पनीले असोज ४ गतेदेखि निष्काशन खुला गरेको शतप्रतिशत हकप्रदमा नबिकेको सेयर लिलामी प्रकृयामा पुस ६ गतेदेखि आवेदन सुरु गरेको थियो । बोलकबोल बुधबार बिहान १० बजे एनएमबि क्यापिटलमा खोलिँदैछ ।

त्यस्तै मितेरी डेभलपमेन्ट बैंकले ५९ हजार ७ सय ३८ कित्ता सेयर पुस २६ गतेदेखि लिलाम गर्ने भएको छ । बैंकले ५० प्रतिशत हकप्रदमा नबिकेको १७ हजार ४ सय ८९ कित्ता साधारण र ४२ हजार २ सय ५९ कित्ता संस्थापक सेयर लिलाम प्रकृयाबाट बोलकबोलमा बिक्री गर्न लागेको हो । लगानीकर्ताले बोलकबोलमा पुस २६ देखि माघ ४ सम्म बैंकको बिक्रि प्रबन्धक प्रभु क्यापिटलमा आवेदन गर्न सक्नेछन् ।

बोलकबोल माघ ६ गते प्रभु क्यापिटलको कार्यालयमा खोलिनेछ । बैंकले गत आर्थिक बर्षको कमाइबाट सेयरधनीलाई ३० प्रतिशत बोनस सेयर वितरण गरिसकेको छ । लगानीकर्ताले सबै कम्पनीको सेयरमा न्युनतम एक सय कित्तादेखि एकसय रुपैंयाँभन्दा बढि अंकित मूल्य राखेर आवेदन दिन सक्नेछन् ।


क्लिकमान्डु