तपाईंले आफ्नो वित्तीय व्यवस्थापन कसरी गरिरहनु भएको छ ? सफल जोडीले त यसरी गर्छन्



काठमाडौं । तपाईँले आफ्नो जिवनसाथीको बारे बुझ्दा पैसाप्रति उसको धारणा, पैसा चलाउने तरिका लगायतमा पनि ध्यान दिनु आवश्यक भइसकेको छ । किनभने अहिलेको युगमा बैबाहिक सम्बन्धहरु सफल र असफल हुनुमा पैसाले निकै ठूलो भूमिका खेल्न थालेको छ ।

वित्तीय र सम्बन्ध विशेषज्ञहरुले विभिन्न सफल मानिएका जोडीको अन्तर्वाता गरी गरिएको अध्ययनअनुसार उनीहरुले पैसा र अरु वित्तीय स्रोतबारे ती जोडीले कहिल्यै नगर्ने ८ कुरा पत्ता लगाएका छन् ।

१. उनीहरुको फरक लक्ष्य हुँदैनन्

सफल जोडीहरुले संयुक्तरुपमा आफ्नो लक्ष्य निर्धारण गर्छन । र, आफु सो लक्ष्य प्रप्तिको बाटोमा ठीक ढंगले अघि बढिएको छ कि छैन भनेर बारम्बार मुल्याङकन गर्छन् ।

२. एक व्यक्तिले सबै नियन्त्रण गर्दैनन्

सामान्य घरायसी काम बाँडफाँड गरी स्वतन्त्र ढंगले गरे पनि सफल जोडीहरुले ठूला बित्तीय निर्णयहरु संयुक्तरुपमा गर्ने गरेको पाइएको छ ।

३. उनीहरु पैसाको बारे कुरा गर्दा पन्छिदैंनन्

उनीहरु पैसाको बारे सहज ढंगले कुरा गर्न सक्छन् । साथै, पैसा बारे बिचार बिमर्श र भावी योजनाहरु सहजताका साथ बनाउन सक्छन् ।

४. उनीहरु स-साना विवरण पनि बिर्सदैंनन्

बीमाको नियम तथा शर्तहरु, बचत खाताको नाम र बिवरणजस्ता साना बिवरणको पनि ख्याल राखेका हुन्छन्

५. आवश्यकता भन्दा बढि उपभोग गर्दैनन्

सफल जोडीहरु हाललाई सकिन्छ भन्दैमा आवश्यकता भन्दा बढी उपभोग गर्दैनन् । हाल उपलब्ध स्रोतहरु अस्थायी हुन् भन्ने सोचेर उपभोगमा नियन्त्रण गर्न सकिने उनीहरु बताउँछन् ।

६. बिगतका बित्तीय अवस्था लुकाउँदैनन्

आफ्नो जिवनसाथी कस्तो बिगत बाट आएको हो र पैसाका सम्बन्धमा कस्तो सोच र दर्शन राख्छ भनेर जान्नु महत्वपुर्ण हुन्छ । त्यसैले सफल जोडीहरु आफ्नो पार्टनर पुराना सम्बन्धमा पैसाका कुरामा ठगिएको छ कि छैन वा पैसा चलाउने सम्बन्धमा के कस्ता कमी कमजोरीहरु छन् भन्ने कुराको जानकार हुन्छन् ।

७. कमजोरी ढाक्दैनन्

सामान्यत कुनै बिल र्तिन बिर्सदा वा अनावश्यक चिज किन्दा मानिसहरु लुकाउने गर्छन् । तर, उनीहरु पैसा सम्बन्धी गल्ति जतिनै सानो भएपनि खुलस्त बताउने गर्छन् ।

८. उनीहरु गोप्यता राख्दैनन्

सफल मानिएका जोडीहरुको अध्यययनमा उनिहरु पैसा एकआपसमा नलुकाउने देखिएको छ । बिवाह गर्ने बित्तिकै आफ्नो सबै चल÷अचल सम्पत्ति खुलस्त देखाउने प्रवृति देखिएको छ ।


पुष्प दुलाल