पेट्रोलियम पदार्थको मूल्य नबढाउन संसदीय समितिको निर्देशन




काठमाडौं । ब्यवस्थापिका संसद अन्तरगतको उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिले आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य नबढाउन निर्देशन दिएको छ ।

निगम नाफामा रहेको, संचालक समितिको सहमतिविना नै निगम ब्यवस्थापनले जबरजस्ती मुल्य बढाएको र संसदीय समितिको निर्देशन विपरित पैसामा मूल्य तय गरेको जस्ता कारण देखाउदै समितिले यस्तो निर्देशन दिएको हो ।

समितिको बिहिवार बसेको बैठकले सो निर्देशन दिएको हो । निगमका कार्यकारी निर्देशक गोपाल खड्काले संचालक समितिलाई जानकारी नै नदिइ पेट्रोलियम पदार्थको मूल्य बढाएका थिए ।

निगमले केही दिन अगाडि मात्रै पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर साढे ४ रुपैयाँका दरले मूल्य बढाएको थियो ।

निगमका कार्यकारी निर्देशक खड्काले भने पेट्रोलियम पदार्थको मूल्य बढाउन संचालक समितिलाई जानकारी दिनु नपर्ने र संसदीय समितिको निर्देशन ब्यवहारिक नभएकोले कार्यान्वयन गर्न नसकिएको दाबी गरेका थिए ।

संसदीय समितिले कारोबार हुन सक्ने दरमा मूल्य राख्न अर्थात पैसामा मूल्य निर्धारण नगर्न निगमलाई यसअघि नै निर्देशन दिएको थियो ।

निगमले केही केही दिन अगाडि बढाएको मूल्य अनुसार पेट्रोल प्रतिलिटर १०१ रुपैयाँ ५० पैसा तथा डिजेल र मट्टितेल प्रतिलिटर ७७ रुपैयाँ ५० पैसा मूल्य कायम गरेको थियो ।

सम्बन्धित समाचारहरु

आयल निगमका प्रमुख भन्छन्- संसदीय समितिको निर्देशन अब्यवहारिक, मूल्य बढाउन बोर्डलाई सोधिरहनु पर्दैन 

उपभोक्ता ठगेर बिक्रेता पोस्नेगरी तय गरियो पेट्रोलियमको भाउ

आपूर्ति मन्त्रालय भन्छः गोपाल खड्काले जबरजस्ती बढाए 


क्लिकमान्डु