पञ्चकन्याले भित्र्यायो विश्वका ५० भन्दा बढी देशमा प्रयोग भइरहेको सोलार प्यानल




काठमाडौं । पञ्चकन्याले अत्याधुनिक प्रविधिको प्रयोगबाट निर्माण गरिएको नियो सोलार प्यानल बजारमा ल्याएको छ । पन्चकन्या ग्रुपका अध्यक्ष प्रेमबहादुर श्रेष्ठ र उपाध्यक्ष धुव्र कुमार श्रेष्ठले नियो सोलार सार्वजनिक गरेका हुन ।

कम्पनीले घरायसी प्रयोजनको लागि २९० वाट र ३४५ वाट गरी दुई भिन्न वाटमा सोलार बजारमा ल्याएको बताएको छ । पञ्चकन्या ग्रुपको सिष्टर कन्र्सन उज्वल इनर्जीले उक्त सोलारको बजार प्रवद्र्धन गर्नेछ । यी सोलार विश्वका ५० भन्दा बढी देशमा प्रयोग हु“दै आएको छ ।

कम स्थानमा जडान गर्न सकिने, बढी पावर दिने, कम प्रकाशमा समेत चार्ज हुने र कम जोखिमयुक्त रहेको कम्पनीको भनाई रहेको छ । विद्युत खपत घटाई लोडसेडिङ अन्त्य गर्ने सरकारको नीतिलाई समेत टेवा पु¥याउन यि सोलार प्यानलहरु सहयोगी हुने कम्पनीको दाबी छ ।

यी सोलार प्यानलहरु बैकल्पिक उर्जा प्रबर्धन केन्द्रले प्रमाणित समेत गरिसकेको हु“दा ढुक्क भई प्रयोग गर्न सकिने कम्पनीले बताएको छ ।


क्लिकमान्डु