निम्बसले ल्यायो ‘व्यञ्जन’ ब्रान्डको खाने तेल



काठमाडौँ । निम्बसले तेलको नयाँ ब्रान्ड ‘व्यञ्जन’ आजदेखि बजारमा ल्याएको छ । यस व्यञ्जन ब्रान्डअन्तर्गत हाल सूर्यमुखी र तोलीको तेल उपलब्ध छन् ।

व्यञ्जनको सूर्यमुखी र तोरीको एक र दुई लिटरको बोटल तथा एक/एक लिटरको पाउच हाल बजारमा उपलब्ध छन् । एक लिटर सूर्यमुखी तेलको मूल्य १९० कायम गरिएको छ भने एक लिटर तोरीको तेलका मूल्य २०० कायम गरिएको आज आयोजित पत्रकारसम्मेलनमा जानकारी दिइयो ।

बजारमा ल्याएको तेलको प्याकेट अन्य तेलको प्याकेटभन्दा भिन्न रहेको कम्पनीले दाबी गरेको छ । वीरगन्जमा करिब ५५ करोडको लागतमा तेल उद्योग स्थापना गरेको निम्बसले दैनिक सय टन भटमास, ५० टन सूर्यमुखी र ६० टन तोरीको तेल उत्पादन गर्ने गरेको जनाएको छ ।

सन् २००४ देखि कृषि क्षेत्रमा काम गर्दै आएको यस कम्पनीले विशेष गरेर कुखुराको दाना उत्पादन गर्ने काम गर्दै आइरहेको कम्पनीका वरिष्ठ प्रबन्धक डा शीतलकाजी श्रेष्ठले बताए ।


पुष्प दुलाल