नेपालमै बन्यो ३५ वाट विद्युत् बाट चल्ने कम्युटर




काठमाडौं । कुनै पनि कम्युटर चलाउनका लागि २६० वाट बिजुलीे आवश्यक पर्छ, तर नेपालका कम्युटर वैज्ञानिक मुनिबहादुर शाक्यले ३५ वाट विद्युतबाट चल्ने कम्युटरको विकास गरेका छन् ।

आइसिटी पत्रकार विकासमञ्चका वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सम्मानित व्यक्तित्व वैज्ञानिक शाक्यले विकास गरेकोे उक्त कम्युटर प्रदर्शनमा राखिएको थियो ।

पाँच दशकदेखि कम्युटर क्षेत्रमा लागेका शाक्यले भने ‘कालिकोटसहित देशका थुप्रै ठाउँमा झन्डै छ हजार बिरामीलाई उक्त कम्प्युटर प्रयोगको माध्यमबाट उपचार गर्न सहयोग पुग्यो ।’

लोडसेडिङका कारण विद्युत् आपूर्ति अवरुद्ध हुनेगरेका कारण कम विद्युत् उपभोग गर्ने कम्प्युटर निर्माण गर्ने आफुमा आएको उनले जानकारी दिए । रासस


क्लिकमान्डु