सिर्जना फाइनान्सको ५० प्रतिशत बोनस सेयर पारित



विराटनगर । सिर्जना फाइनान्स लिमिटेडको सोह्रौँ वार्षिक साधारणसभाको शनिबार बसेको बैठकले २०७३ को वार्षिक प्रतिवेदनलाई सर्वसम्मत पारित गरेको छ ।

सभाले दुई अर्ब १७ करोड निक्षेप, एक अर्ब ९१ करोड कर्जा लगानी पारित गर्नुका साथै २०७३ असार मसान्तको नाफाबाट ५० प्रतिशत बोनस सेयर र २.६६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्तावसमेत पारित गरेको हो ।

यो प्रस्ताव पारित भएपछि सिर्जना फाइनान्सको पुँजी ३० करोड २४ लाख पुगेको छ । चालु वर्षमा सिर्जनाले  २४ करोड सञ्चालन मुनाफा गर्ने लक्ष्य लिएको छ । सो मुनाफाबाट बोनस सेयर वितरण गरी चुक्ता पुँजी ४० करोड पूरा गर्ने भएको छ ।

सिर्जना फाइनान्सका सञ्चालक समितिका अध्यक्ष सुयस प्याकुरेलको अध्यक्षतामा सुरु भएको सो सभामा प्रमुख कार्यकारी अधिकृत भवानीशङ्कर चापागाईंले सिर्जना फाइनान्सको विगत र भावी योजनाका बारेमा चर्चा गरेका थिए ।


पुष्प दुलाल